गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

 पुष २५, २०७९ सोमबार १५:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।

बहुमत सांसदको हस्ताक्षर पेस गरेको आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३० जना सांसद चाहिनेमा खगराज अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३३ जना सांसदको समर्थन रहेको छ । 

अधिकारी कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएको हो ।

उहाँ नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत हुनुहुन्छ ।

गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख प्राप्त गरेको छ । २७ सिट जितेको नेपाली कांग्रेस अब प्रतिपक्षमा रहनेछ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया