सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन : सांसद सुवाल

 पुष २५, २०७९ सोमबार १७:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउन नहुने बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले हचुवामा प्रस्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताउनुभएको छ। 

उहाँले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताउनु भयो । साथै उहाँले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।

गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो, ‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ । सरकारको रोहबर छाप बनाउनु हुँदैन । सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होला र ? सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन ।’ 

उहाँले अगाडि भन्नुभयो, ‘हरेक निर्वाचन क्षेत्रबाट दुई, दुई सय युवा वैदेशिक रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो । यसले नेपालको अर्थतन्त्र समाप्त पार्दैछ । जंगल मासेर रंगशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थालको प्रस्तावकै बेला प्रश्न उठाएको हो । गठबन्धन पद र पैसामा गर्नु हुँदैन । नेपालको हित नहेर्नेहरु नेपाली नागरिक हुन सक्दैनन् ।’

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हित विपरीत रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाउनु भयो ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया