सत्ता समीकरणमा जाने रुचि छैन : माधव नेपाल

 पुष २५, २०७९ सोमबार २०:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताउनुभएको छ । 

सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताउनुभएको हो । उहाँले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा भाेलि मङ्गलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत दिने/नदिने विषयमा मङ्गलवार बिहान सचिवालयको बैठक बस्दैछ । सत्ता समीकरणमा जाने हाम्रो रुचि छैन । अहिले हामी के गर्ने भन्ने विषयको छलफलमा नै छौँ ।’

उहाँले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरूसँग सहकार्य र एकताका लागि छलफल र संवादलाई खुला राखेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया