एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मङ्गलवार आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवम् पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताउनु भयो । उहाँले राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने सर्त रहेको बताउनु भयो । उहाँले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो केन्द्रीय सचिवालयको बैठकले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन, विश्वासको मत दिने की नदिने ? भन्ने विषयमा छलफल गरेका छौँ । हाम्रो छलफलले यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेण्डाहरु राखिनेछन् । ती एजेण्डाहरु पूरा नगरे कुनै पनि बेलामा त्यहाँबाट फर्किनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय छ ।'
प्रवक्ता खतिवडाले दलका नेता एवम् पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताउनु भयो ।
'राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र, आदि धेरै जस्ता विषयहरुमा यसका सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील अथवा महत्त्वपूर्ण विषयहरुमा पार्टी अध्यक्षले, दलको नेताले बैठकमा, संसदमा आफ्ना विचार राख्नुहुनेछ, त्यसकै आधारमा आफ्ना धारणा बनाउँछौँ ’ खतिवडाले भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।