विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेसलाई सकस, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 पुष २६, २०७९ मंगलबार ११:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

एमालेको सहयोगमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिने नदिने विषयमा विवाद भएपछि छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।  बिहान साढे ११ बजे संसद् भवनको ल्होत्से भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने छ ।

बैठकको  निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसको तयारी छ ।  प्रचण्डलाई हिजो विश्वासको मत दिने आश्वासन दिएका सभापति शेरबहादुर देउवाले बिहानदेखि आफ्नै निवासमा शीर्ष नेता र पदाधिकारीसँग छलफल गरे सहमति हुनसकेको छैन ।

कांग्रेसकै आग्रहमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया