संसद् बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै

 पुस २६, २०७९ मंगलबार १३:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरिरहनुभएकाे छ । 

आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।  

प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थनमा उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो  ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया