प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेछु : मुख्यमन्त्री जम्कट्टेल

 पुस २६, २०७९ मंगलबार १३:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा मन्त्रालयकाे सङ्ख्या घटाउन लागेको बताउनुभएको छ । 

आज मङ्गलवार बिहान मुख्यमन्त्रीको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको सङ्ख्या घटाउन लागेको बताउनुभएको हो । उहाँले आजदेखि नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको सङ्ख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको र समितिले १५ दिनभित्रमा प्रतिवेदन दिने बताउनुभयो । 

पदभार ग्रहण गर्नुअघि मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाग्मती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले विनाविभागीय मन्त्रीको रूपमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेश प्रमुखको कार्यालय हेटौँडामा शपथ ग्रहण गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया