एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले कांग्रेसको याे निर्णयमा कुनै खालको जालझेल हुन सक्ने बताउनुभएको हो । उहाँले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिनुभयो । यदि त्यो जाल हो भने माछा नभएको खोलामा जाल फ्याँकेजस्तै हुने अध्यक्ष ओलीको भनाइ थियो ।
नेपाली कांग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, ‘म सबै सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गर्दछु । त्यसमध्ये प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ । यदि यो समर्थनभित्र सदासयताबाहेक अरू कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल । यसभित्र भोलिका निम्ति अरू खालको कुराहरू सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस पानीबाट, त्यस खोल्सीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’
अध्यक्ष ओलीले संसद् विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्षसमेत गर्नुभयो । उहाँले चुनाव हुन्छ भने त्यस्तो खालको संसद् विघटन जायज हुने आफ्नो अडानसमेत दोहोर्याउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।