राष्ट्रपति र नेताहरूले तपाईँलाई दौरासुरुवालमा हेर्न मन छ भनेपछि लगाउन थालेँ : प्रचण्ड

 पुस २६, २०७९ मंगलबार १६:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दौरासुरुवालको कहिल्यै पनि विरोध नगरेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा आज मङ्गलवार केही सांसदले प्रचण्डले दौरासुरुवाल लगाएको विषय उठाएपछि प्रचण्डले यसको जवाफ दिनुभएको हो । उहाँले आफूले कहिल्यै विरोध नगरेको र आफ्ना पार्टीका सांसदलाई पनि कहिल्यै नलगाउनु भनेर नभनेको बताउनुभयो । 

दौरासुरुवाल लगाउन राष्ट्रपतिदेखि अरू दलका नेताले पनि आग्रह गरेको प्रचण्डको भनाइ छ । ‘प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपतिले तपाईँलाई दौरासुरुवालमा हेर्न मन छ भन्नुभयो, मुख्य साझेदार केपी वलीजी, हाम्रै पार्टीका नारायणकाजीजीले पनि दौरासुरुवाल लगाएरै शपथ लिनुपर्छ भन्नुभयो, मैले पनि लगाएँ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया