सभामुखकाे चुनाव माघ ५ गते

 पुस २६, २०७९ मंगलबार १७:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख पदको चुनाव यही माघ ५ गते हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावकाे मितिबारे संसद्लाई जानकारी गराउनुभएको हो । त्यस अवसरमा उहाँले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखकाे चुनावकाे कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो । 

सभाका ज्येष्ठ सदस्य राणाले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको चुनावका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोकेँ । साथै त्यही नियमको उपनियम १ बमोजिम सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको चुनाव कार्यक्रमसम्बन्धी सूचना मिति २०७९ माघ ३ गते मङ्गलवारको दिन प्रकाशित गर्नसमेत निर्देशन दिन्छु ।’

सत्तारूढ दलहरुबीच सभामुख नेकपाएमालेलाई दिने सहमति भएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया