गठबन्धन 'हाइज्याक' भएपछि 'करेक्शन' गर्न प्रचण्डलाई विश्वासको मत : रामचन्द्र पौडेल

 पुस २६, २०७९ मंगलबार १८:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन 'हाइज्याक' भएपछि 'करेक्शन' गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ । 

मङ्गलवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पाैडेलले दुई वर्षअघि संविधान जोगाउनका लागि बनेको पाँच दलीय गठबन्धन 'हाइज्याक' भएपछि 'कोर्स करेक्शन' का लागि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको हो । संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘कांग्रेसले देश, व्यवस्थालाई हेरेर संविधान बचाउनका लागि संविधानमा आइपरेका विभिन्न खतरालाई समेत हृदयङ्गम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउनका लागि प्रचण्डलाई विश्वासको मत दियाे । संविधान बचाउनका लागि पाँच दलको गठबन्धन भएको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर देशको सङ्कटलाई टार्ने एउटा प्रयास गरेका छौँ । यसले देश, नागरिकको भलो गर्छ ।’

उहाँले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरू एक ठाउँमा हुँदै जानेसमेत बताउनुभयो । कांग्रेसले व्यवस्था जोगाउनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया