कांग्रेसकाे विश्वासकाे मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेकाे भनेर चित्रण गर्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

 पुष २६, २०७९ मंगलबार १८:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले हर्ष र गर्वको अनुभूति भएको बताउनुभएको हो । उहाँले ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको पनि बताउनुभयो । आफूलाई प्रमुख प्रतिपक्षी दलले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धताहरू पूरा गर्न ऊर्जा प्राप्त भएको उहाँकाे भनाइ छ । 

सञ्चारकर्मीको प्रतिप्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रूपमा चित्रण गर्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो तपाईँहरूले मलाई भोलि के हुन्छ विश्वासको मत भनेर साेध्नुभएकाे थियाे । मलाई सिङ्गै हाउसको समर्थन हुन्छ भनेको थिएँ । त्यो त मैले अनुमानको आधारमा भनेको थिएँ । आज त्यो यथार्थमा परिणत भएको छ । मलाई निकै हर्ष र गर्वको अनुभूति भएको छ । साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौती थपिएको पनि महसुस गरेको छु । सदनबाट यो अपार विश्वास प्राप्त भएको छ । तपाईँहरूले भनेजस्तो त्यस्तो कुनै दुई वटा खुट्टा, तीन वटा खुट्टा होइन यो । यो एउटा जिम्मेवारीको कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका प्रतिबद्धताअनुसार कामहरू अगाडि बढाउने विश्वास पनि दिलाउनुभयाे ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया