एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभाबी प्रकृतिको दोहन गर्न नहुने बताउनुभएको छ ।
आज बुधवार काठमाण्डौमा भएको 'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा माननीयज्यूहरूको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. तुलाधरले यस्तो बताउनुभएको हो । उहाँले नननिर्वाचित सांसदहरूले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसदमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विपद् जोखिम न्यूनीकरणका लागि विज्ञहरूसँग आवश्यक परामर्श गरेरमात्रै विकास निर्माण गर्न उहाँको सुझाव छ ।
उपमहासचिव तुलाधरले पछिल्लो समय देशका धेरैजसो क्षेत्रमा डोजर आतङ्क बढेको भन्दै प्रकृतिलाई मासेर भइरहेको डोजर आतङ्क तत्काल बन्द हुनुपर्ने बताउनुभयो । उहाँले नेता, सांसद र मन्त्रीहरूले नै विपद् जोखिम न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रमा विज्ञहरूको सल्लाहअनुसार मात्रै विकास निर्माणका गतिविधिलाई अघि बढाउनुपर्ने सुझाव दिनुभयो । आउँदा दिनमा सरकारले जोखिम स्थानको पहिचान गरी वैज्ञानिक, भूगर्भविद्, समाजशास्त्री, विपद् व्यवस्थापन विज्ञहरूको सुझावका आधारमा विकास निर्माणलाई अघि बढाउन नसक्ने हो भने देशले विपद्को ठूलो दुर्घटना भोग्नुपर्ने चेतावनी दिनुभयो । उहाँले संसदमा विपद् जोखिम न्यूनीकरणका लागि कुरा उठाउँदा अर्को चुनावमा हारिन्छ कि भन्ने डरले त्रस्त हुन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म माननीयज्यूहरूलाई भन्छु, हामी सबै जान्दछौँ भनेर घमण्ड नगर्नुहोला । हामीले विज्ञहरूको सल्लाह लिनुपर्छ । विज्ञानमा आधारित जोखिम संवेदनशील विकासका क्रियाकलाप गर्नुपर्छ । कमसेकम डोजर आतङ्क तत्काल बन्द हुनुपर्छ । पश्चिमतिर जाँदा अहिले छपक्कै पहेँले किरा देख्छु म । पहेँलो किरा भनेको अरू केही होइन, त्यो डोजर हो । पाखैभरि डोजर कुँदेका हुन्छन् । डोजरमा रहेको ड्राइभरले कहिलेकाहीँ मन्त्री, सांसदले भनेको मान्दैनन् । अटेर गर्छ । त्यस्ता घटनाहरू विगतमा भएका छन् । डोजर ड्राइभरसँग वैज्ञानिकहरू पनि हुनुपर्छ । भूगर्भविद्हरू हुनुपर्छ । समाजशास्त्रीहरू हुनुपर्छ । विपद् व्यवस्थापन विज्ञहरू हुनुपर्छ । कुन ठाउँमा कसरी बाटो लैजाने भन्ने उहाँहरूको सल्लाहअनुसार लैजानुपर्छ । विकासको नाममा डोजर आतङ्कले हजारौँ मानिस मारिएको छ ।’
उपमहासचिव तुलाधरले विकास निर्माणसँगै विपद् न्यूनीकरण गर्ने कुरामा कसैले पनि बहानाबाजी गरेर उम्किन नपाउने बताउनुभयो । उहाँले अहिले सरकारसँग आवश्यक कानुन, नीति, नियम र काेष रहेको भन्दै आवश्यक अध्ययन गरेरमात्रै अघि बढ्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा समेत विपद् जोखिम न्यूनीकरणको विषयलाई मुख्य प्राथमिकता बनाइएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सङ्घीयताअनुसारको अधिकार र जिम्मेवारी सबै निकायलाई दिएर विपद् न्यूनीकरणका लागि आवश्यक काम गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग पर्याप्त कानुन, नीति, नियम, काेष सबै कुरा छ । अब पनि बहानाबाजी गर्ने छुट हामीलाई छैन । सङ्घीयताअनुसारको अधिकार र जिम्मेवारी कार्यान्वयन गर्ने क्रममा अधिकार क्षेत्रको दोहोरोपनका कारण समस्या बढेका छन् । पालिकाले साधन, स्रोत नभएको गुनासो गरिरहेका छन् । प्रदेशले सङ्घ र पालिकाको चेपुवामा परेका छौँ भन्ने गरेको छ । त्यस्तो भन्ने छुट अब कसैलाई छैन । किनभने सबैलाई अधिकार दिइएको छ ।’
उपमहासचिव तुलाधरले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई गृह मन्त्रालयअन्तर्गत नभइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्न आग्रह गर्नुभयो । उहाँले गृह मन्त्रालयअन्तर्गत प्राधिकरण राख्दा अधिकार सम्पन्न हुन नसकेको र गृह मन्त्रालयका कर्मचारीले विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा बनाएर बेइमानी गरेको गुनासो गर्नुभयो । उहाँले महाशाखा निर्माणसँगै त्यहाँ रहने सह–सचिव र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच सहकार्य हुन नसक्दा द्वन्द्वको स्थिति हुँदै आइरहेको बताउनुभयो ।
उपमहासचिव डा. तुलाधरले जलवायु परिवर्तनका कारण अपत्यारिलो घटनाहरू बढ्दै गएका र यसमा तीन तहकै सरकारले आवश्यक चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि योजना र निर्देशिका बनाएर लागू गर्न साधन, स्रोतको अझै पनि अपुग रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।