युवालाई रोजगारी र राजनीतिक नियुक्तिमा अधिकतम प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

 पुष २७, २०७९ बुधबार १४:२८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताउनुभएको छ । 

आज बुधवार काठमाण्डौमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताउनुभएको हो । उहाँले सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाको धेरै मद्दत चाहिएको पनि बताउनुभयो । प्रतिक्रियावादीहरूको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आँक्न नहुने उहाँको भनाइ छ । 

उहाँले भन्न्भयो, ‘यति बेला सरकारलाई र पार्टी नेतृत्वलाई तपाईँहरूको धेरै मद्दत चाहिएको छ । युवाहरूको रोजगारीको बारेमा, युवाहरूलाई नियुक्ति गर्ने बारेमा तपाईँहरूले उठाउनुभएको ध्यानाकर्षण नोट भयो र म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयास/प्रयत्न गर्नेछु ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सङ्गठनलाई बलियो बनाएर अघि बढ्न युवालाई निर्देशन दिनुभयो । सरकारले नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया