लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका लीला गिरीकाे दाबी पेस

 पुस २७, २०७९ बुधबार १४:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकाे संसदीय दलका नेता लीला गिरीले दाबी पेस गर्नुभएको छ । सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । गिरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको समर्थन छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसाे ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारूढ दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो । दाबी पेस भएपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुने छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज रहेका गिरी पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पनि हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया