लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

 पुस २७, २०७९ बुधबार १६:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ । 

गिरी सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । उहाँलाई आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गिरी लुम्बिनी प्रदेशको तेस्राे मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा शंकर पोखरेल र दोस्राे मुख्यमन्त्रीको रूपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बन्नुभएको थियो ।  

मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले 'समृद्ध प्रदेश र खुसी जनता' को नारालाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अबको समय राजनीतिक स्तरबाट नागरिककाे जीवनस्तरमा परिवर्तन गर्ने रहेको बताउनुभयो । उहाँले आफ्नो काम राजधानी व्यवस्थित गर्ने र सकेसम्म सानो मन्त्रीमण्डल बनाएर प्रदेशको विकासमा लाग्ने बताउनुभयो ।

गुल्मीकाे रुरु गाउँपालिका जन्मिनुभएका गिरीले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँले भारत, चीन, जापान, अमेरिका र कोलम्बियाको भ्रमण गर्नुभएको छ । उहाँ यसअघिको सरकारमा उद्योग, वन, पर्यटन, वातावरण मन्त्री हुनुहुन्थ्यो । उहाँले केही समय लुम्बिनी प्रदेश सरकारमै आन्तरिक मामिला तथा कानुन मन्त्री र स्वास्थ्यमन्त्रीको रूपमा समेत काम गर्नुभएकाे थियाे । 

गिरी गएकाे मङ्सिर ४ गतेकाे चुनावमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया