भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
तनहुँ – तनहुँको व्यास नगरपालिका ५ मानुङकोटमा नेपालको झन्डा राखिएको छ । टिम नेपो तनहुँले ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झन्डा राखेको हो ।
पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको झन्डाकाे आज व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले अनावरण गर्नुभयो । त्यस अवसरमा मेयर न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालको झन्डा राखिएकामा संस्थाको प्रशंसा गर्नुभयो । स्वास्थ्य, शिक्षा, वातावरण र युवा नेतृत्व विकासको क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिका सकारात्मक रहेको न्यौपानेको भनाइ थियो ।
टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले मानुङकोट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको अवस्थामा एउटा इँटा थप्ने उद्देश्यसहित नेपालको झन्डा राखिएको बताउनुभयो ।
चिसो मौसम सुरु भएसँगै मानुङकोटमा आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ पर्यटक उक्लिने गरेका छन् । अन्य दिनभन्दा शनिवार मानुङकोटमा पर्यटकको चाप बढ्ने गरेको छ । शनिवारको दिन झन्डै पाँच हजार पर्यटक यहाँ पुग्छन् ।
मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।