पानी नपर्दा तापक्रम बढ्दै : काठमाण्डौमा दिउँसाे पारिलो घाम, तराईमा हुस्सु कुहिरो

 पुस २९, २०७९ शुक्रबार ७:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तापक्रम बढ्दा काठमाण्डौ उपत्यकामा चिसो कम हुँदै गएको छ ।

काठमाण्डौसहित बाग्मती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको छ । यस्तै, प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसाे न्यानो हुनेछ । हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाण्डौसहित बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि यी क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने बाक्लो हुस्सु कुहिरो छ । यसले गर्दा पहाडी जिल्लाको तुलनामा तराईमा चिसो धेरै छ ।

यस्तै, पश्चिमी न्यून चापीय प्रणालीको केही प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । भोलिदेखि भने यी प्रदेशको मौसम पनि खुल्ने सम्भावना रहेको मौसमविद् महर्जनले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया