प्रदेश-१ मा सरकार विस्तार : माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

 पुस २९, २०७९ शुक्रबार १२:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे । तर मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाका एक/एक जनालाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइ चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

गएको आइतवार ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । प्रदेश सभाको आजको बैठकमा उहाँले विश्वासको मत लिनुहुनेछ । प्रदेश १ प्रदेश सभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया