दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
ललितपुर – नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको सुरुवात गर्न सरकारसँग माग गर्नुभएको छ ।
आज शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभामा बोल्दै सांसद पाण्डेले सरकारी कार्यालयमा कर्मचारीले हप्ताको एक पटक नेपालमा उत्पादित पोसाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरूले अनिवार्यरूपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईँका क्याबिनेट बैठकमा कम्तीमा मन्त्रीले नेपाली उत्पादन लगाएर आउने व्यवस्था गर्नुहोस् । साथै हरेक आइतवार वा सोमवार, हप्ताको एक पटक नेपाली उत्पादनको प्रयोग गर्ने क्रम चलाउनुहोस् । यसले स्वदेशी उत्पादन प्रयोग गर्न मद्दत पुग्छ ।’
सांसद पाण्डेले आउँदा दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरूको प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले आफू बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई तीन महिने आवासीय तालिम दिने काम सुरु गरेको बताउनुभयो । सरकारले आउँदा दिनमा पाँच लाख जनालाई वार्षिक तालिम दिने गरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने उहाँकाे भनाइ छ ।
सांसद पाण्डेले प्रधानमन्त्री प्रचण्ड देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाका लागि आवश्यक कामहरू पूरा गर्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।