सन्दीप ९९ दिनपछि रिहा हुँदा (तस्बिरहरू)

 पुस २९, २०७९ शुक्रबार १६:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रवार) रिहा भएका हुन् । लामिछाने तीन महिना नौ दिन (९९ दिन) कारागारमा बसेर रिहा भएका हुन् ।

उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित लामिछानेलाई आज थुनामुक्त गरिएको हो । उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिप्पणी गर्न पनि निषेध गरेको छ ।

सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनका वकिल सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले फेरि सन्दीपलाई कप्तानी दिनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले सन्दीप शारीरिकरूपमा ठिक रहेको र मानसिकरूपमा काउन्सिलिङमा रहने बताउनुभयाे । 

हिजाे बिहीवार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया