धनकुटाको सिँधुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति

 पुस ३०, २०७९ शनिबार ११:२०:४० | सन्ताेष रुचाल
unn.prixa.net

तस्बिर : रासस

धनकुटा - धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर–६ सिँधुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट दुई घरमा पूर्ण तथा ४ वटा घरमा आंशिक क्षति भएको छ । सन्तोष राईको घरसहित २ तोला सुन, नगद २ लाख, झमक थापाको घर तथा २ तोला सुन, नगद ७० हजार, अर्जुन घिमिरेको घरको माथिल्लो तल्लामा रहेको होटल, डम्बर थापाको घरसहित ५० हजार बराबरको काठ, डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त पक्की घरसहित अत्यावश्यक सरसामान जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका ७ बजेतिर सल्किएको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा गएराति नै निभाइएको थियो ।

आगो ताप्न बालिएको कोइलाबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया