प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सरकार विस्तार र सभामुखको चुनावबारे छलफल

 पुस ३०, २०७९ शनिबार ११:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुखको चुनावका विषयमा छलफल भएको छ । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यस्तै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको चुनावलगायत विषयमा उहाँहरुबीच परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो । प्रतिनिधि सभाका सभामुखको चुनाव आउँदो बिहीवारका लागि तय गरिएको छ ।

सत्ता गठबन्धनमा प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा नै सभामुख एमालेले पाउने सहमति छ । तर कांग्रेसले पनि सभामुखमा उम्मेदवारीबारे छलफल सुरु गरेको छ । कांग्रेसले छलफल थालेसँगै प्रचण्ड र ओलीबीच यसबारेमा छलफल भएको हो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया