इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, न्युक्यासल र आर्सनल विजयी

 माघ २, २०७९ सोमबार ६:५५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, न्युक्यासल र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हरायो ।  

चेल्सीको जितमा काइ हाभर्ट्जले खेलको  ६५औं मिनेटमा गरेको गोल नै  निर्णायक बन्यो । जितसँगै १९ खेलमा २८ अङ्क जोडेको चेल्सी तालिकाको १०औं स्थानमा छ । क्रिस्टल प्यालेस २२ अङ्क जोडेर १२औं स्थानमा  छ । यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासलले फुलह्यामलाई १–० गोल अन्तरले हराएको छ ।

जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको न्युक्यासलले ३८ अङ्क जोडेको छ । यस्तै रातिकै अर्को खेलमा टोटनह्याम आर्सनलसँग २–० गोल अन्तरले पराजित भएको छ ।  जितपछि शीर्ष स्थानको आर्सनलले ४७ अङ्क जोडेको छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३९ अङ्क छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया