एमालेका अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

 माघ २, २०७९ सोमबार ११:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बिहान ओली निवास बालकोट पुग्नु भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको चुनावलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको चुनाव पर्सि बुधवार हुँदैछ । चुनाव नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको छ । प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन । यस्तै, राष्ट्रपति पनि कसलाई बनाउने भन्ने सहमति भइसकेको छैन ।

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सक्नु भएको छैन । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो । पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएका दाहालले त्यही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । तर मन्त्री भएका चार जनाले अझै मन्त्रालय पाएका छैनन् ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले सत्ता गठबन्धनको भविष्य के होला भन्ने टीकाटिप्पणी समेत सुरु हुन थालेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया