एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतवार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँच आयाेगले सरकारलाई बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्रयाइँ गर्न नहुने बताउनुभएको छ ।
उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँच आयाेग बनाइए पनि समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरू भइरहेको बताउनुभएको हो । उहाँले अब पनि विज्ञहरूले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारण विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताउनुभयो ।
सोमवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव रिमालले जाँच आयाेगले निकालेको निष्कर्षप्रति सरकार र सम्बन्धित निकायहरू कति इमानदार छन् भन्ने प्रश्न आम नागरिकमा रहेको बताउनुभयो । उहाँले सरकार र सम्बन्धित निकायहरूले विज्ञहरूले बुझाएका प्रतिवेदन अव्यावहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभइ थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव रिमालले दिएका रिपोर्ट कति अवलम्बन गरिए भन्ने सन्दर्भमा नागरिकले प्रश्न उठाइरहेको भन्दै यसको सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो । उहाँले सम्बन्धित निकायले जाँच आयाेगले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रियस्तरमा पनि बदनाम हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अकल्पनीय घटना भएको छ । आन्तरिक विमान दुर्घटनामा यति ठूलो क्षति भएको पहिलो पटक हो । यसका दुई वटा कुरा हुन्छन्– एउटा मानवीय र प्रविधिक पक्ष, अर्को प्राकृतिक पक्ष । हिजोको दुर्घटना प्राकृतिक र प्राविधिक पक्ष भएको देखिँदैन । मौसम ठिक भएको र ल्यान्ड गर्नलाई ठिक्क परेको बेलामा दुर्घटना भएको देखिन्छ । हामी जो कोही सरकारमा हौँ, जो कोहीले मन्त्रालय सम्हालिरहेका हौँ, प्राविधिकहरूले दिएको रिपोर्ट अव्यावहारिक र गलत छ भने त्यसलाई गलत भयो मिलेन भन्न सक्नुपर्छ । त्यो पनि आएको पाइँदैन । दिएका रिपोर्ट कति अवलम्बन गरिए भन्ने सन्दर्भमा प्रश्न चिह्न नै छ । यो प्रश्नले आम नागरिकमा बेलाबेला निराशा र एक किसिमको दिग्दारीपना देखिन्छ । यसलाई सम्बोधन गर्ने बेला आएको छ । आयोगले दिएका रिपोर्टहरू सार्वजनिक गरून् नगरून् ठूलो कुरा भएन । सम्बन्धित निकायले यसलाई कार्यान्वयन गर्ने हो भने रिपोर्टमा उल्लेख गरेका विषयहरूलाई ख्याल गर्नुपर्छ । त्यसो नगर्दा अन्तर्राष्ट्रियस्तरमा पनि बदनाम हुने र राष्ट्रियरूपमा पनि सबै व्यक्तिहरू एक ठाउँबाट उडेर अर्को ठाउँमा जाँदा सकुशल फर्किन्छु कि फर्किन्न भन्ने स्थिति आउने हुन भयो, यसलाई अब सम्बोधन गर्ने बेला आयो ।’
काठमाण्डाैबाट पोखरा उडेको यति एअरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज आइतवार पोखरा विमानस्थलबाट दुई किलोमिटरको नजिककमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।