एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – गण्डकी प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेकी बीनाकुमारी थापा निर्वाचित हुनुभएको छ । आज साेमवार भएको चुनावमा थापाको पक्षमा ३२ मत खसेको प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याउनुभएको थियो ।
प्रदेश सभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बस्नुभएको थियो । कांग्रेसका एक जना प्रदेश सभा सदस्य मतदानमा अनुपस्थित रहनुभयो । उपसभामुख थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यले मत दिएका थिए ।
थापाको प्रस्तावकमा एमालेका प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपाली र समर्थकमा माओवादी केन्द्रका सुशीला सिम्खडा रहनुभएको थियो । थापा समानुपातिकतर्फ बाग्लुङबाट निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।