सुदूरपश्चिम प्रदेश : सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

 माघ ३, २०७९ मंगलबार ११:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित हुनुभएको छ ।

बिहान भएको मतदानमा भण्डारी २९ मत प्राप्त गरी निर्वाचित हुनुभएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्र बहादुर पालले जानकारी दिनुभयो । भण्डारीको विपक्षमा २३ मत परेको छ । ५३ सदस्यीय प्रदेश सभामा आज ५२ मत खसेको थियो ।

सुदूरपश्चिममा तेस्रो पटकको मतदानमा सभामुख चयन गर्न सफल भएको हो । यसअघि पुष २८ र पुष ३० गते पनि सभामुख पदका लागि मतदान भएको थियो । दुवै पटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा कसैको पनि बहुमत पुगेको थिएन । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया