सत्तारुढ दल मन्त्रीको नाम टुङ्गो लगाउँदै, यी हुन् चर्चामा रहेका नाम

 माघ ३, २०७९ मंगलबार १२:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भागबण्डाको टुङ्गो लागेसँगै सत्तारुढ दलहरु मन्त्रीको नाम टुङ्गो लगाउन बिहानदेखि छलफलमा छन् ।

आज दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ । त्यही अनुसार दलहरुले मन्त्रीको टुङ्गो लगाउन छलफललाई तीव्र पारेका छन् ।

दलहरुबीच भएको सहमति अनुसार एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने चर्चा छ । एमालेको भागमा परेको आठमध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट रेखा शर्मा, अमनलाल मोदी र सुदन किराँती मन्त्री बन्ने भएका छन् । यस्तै, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने चर्चा छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाल र डोलप्रसाद अर्याललाई मन्त्री बनाउने तयारी गरेको छ ।

डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्य मन्त्री बन्ने चर्चा छ । थपिएका मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने तयारी छ । गएको पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएकै दिन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई समेटेर आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया