एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
मकवानपुर – बाग्मती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएको छ । उपसभामुखमा हिजो साेमवार निर्वाचित हुनुभएकी चापागाईंलाई आज मङ्गलवार प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबीच प्रदेशका सभामुख भुवन पाठकले शथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका पहिलाे मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागीय मन्त्री उद्धव थापा, प्रदेश सभा सांसद, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरू लगायतकाे उपस्थिति थियो ।
हिजो दिउँसो प्रदेश सभामा भएको उपसभामुखको चुनावमा चापागाईं निर्वाचित हुनुभएको हो । उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरूसमेतको गरी ६१ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा सात सांसद रहेका थिए । मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।
एमालेकी चापागाईं ललितपुरबाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।