भनसुन र नातागोताका आधारमा काम हुँदैन : मन्त्री किराँती

 माघ ३, २०७९ मंगलबार १७:५६:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको एकमात्र राष्ट्रिय ध्वजावाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किराँतीले निगमलाई निगमजस्तो बनाउने बताउनुभएको हो । यस्तै उहाँले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो । उहाँले हवाई उडानलाई व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उल्लेख गर्नुभयो । 

मन्त्री किराँतीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने बताउनुभयो । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उहाँले देशको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘म जहाजको ककपिटमा छु । एकैचोटी जहाज उडाउँदैनौँ । सबै जाँच गरेरमात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ । जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन ।’ यही माघ १ गतेमात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया