एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट सभामुख पदको उम्मेदवार बन्नुभएकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसद्को सभामुखका लागि योग्य व्यक्ति भएको जिकिर गर्नुभएकाे छ ।
बुधवार कांग्रेसबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारीका लागि प्रस्तावककाे रूपमा संसद् भवन पुग्नुभएका महामन्त्री शर्माले अहिलेको संसद्का लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यस पटक कांग्रेसबाट उम्मेदवार बन्नुभएकी न्यौपानेलाई अन्य दलले सभामुखमा जिताउनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले सभामुखकी उम्मेदवार न्यौपानेमा शालीनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एक पटक महिला सभामुखका साथै सुसूचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको तर्फबाट मात्रै नभएर सरकारभन्दा बाहिर रहेका दलहरूको तर्फबाट उम्मेदवारको रूपमा ईश्वरी न्यौपाने प्रस्तुत हुनुहुन्छ । सांसदले विवेकपूर्ण रूपमा मतदान गर्दै गर्दा नेपालको संसद्ले पुनः महिला सभामुख पाउनेछ । न्याैपाने अहिलेको संसद्को अवस्थालाई र समाजको मनोविज्ञानलाई पनि राम्रो ढङ्गले सम्बोधन गर्नसक्ने व्यक्तित्व हुनुहुन्छ ।’
महामन्त्री शर्माले मन्त्रालयको कुनै पनि भागबन्डामा कांग्रेस सहभागी नबन्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवाररूपमा अघि बढ्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।