सरकारले ताेक्याे उखुकाे मूल्य

 माघ ४, २०७९ बुधबार १८:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले उखुकाे मूल्य ताेकेकाे छ । आज बुधवार दिउँसाे बसेकाे मन्त्रिपरिषद्काे बैठकले उखुकाे मूल्य ताेकेकाे हाे ।  

उखुकाे मूल्य प्रतिक्विन्टल पाँच सय ४० रुपैयाँ तोकेको र उखुकाे ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले बेहाेर्ने निर्णय गरेकाे उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयाे । 

यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएकाे छ ।

बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषदबैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदमा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी निर्देशन दिइएको उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र यातायातका सचिव गोपाल सिग्देललाई ऊर्जामा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया