सभामुखको चुनाव आज, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा

 माघ ५, २०७९ बिहिबार ७:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको सभामुखका लागि आज चुनाव हुँदैछ । सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराउनु भएको छ ।

सभामुखको चुनावका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।

गठबन्धनमा रहेका माओवादीका ३२, एमालेका ७९, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ गरेर एक सय ४५ मत सुनिश्चित रहेकाले एमालेका घिमिरेलाई बहुमत पुग्ने देखिन्छ । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत नहाल्ने र कर्तव्य ज्यान मुद्दामा फरार एमालेका लक्ष्मी कोइरी महतोले मत नहालेमा सत्तागठबन्धनका चार दलको मत एक सय ४३ हुन आउँछ ।

सत्तागठबन्धनभित्र रहेका जसपा, जनमत र जनमुक्ति पार्टी असन्तुष्ट छन् । जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चारजना गरेर २२ सदस्य छन् । विपक्षी दलतिर अहिले कांग्रेसको ८८ र एकीकृत समाजवादीका १० जना गरी ९८ खुलेका छन् । अरु पार्टीले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन् । जसपाले साथ दिए एक सय १० जना पुग्नेछ भने लोसपा पनि थपिए संख्या एक सय १४ पुग्नेछ । यति हुँदा पनि बहुमतका लागि २४ जना कम हुनेछ । जनमत र नागरिक उन्मुक्ति पार्टीले कांग्रेसलाई मत दिए एक सय २४ पुग्नेछ । तर पनि बहुमत पुग्दैन । 

कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया