इसा अवार्ड प्राप्त डाक्टर रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

 माघ ५, २०७९ बिहिबार १०:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा बधाई दिनु भएको छ ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले मानव कल्याणको क्षेत्रमा डाक्टर रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनुभयो ।

राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि प्रचण्डको भनाइ छ ।

डाक्टर रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाउनुभएको छ । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया