पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँ : डा. सीके राउत

 माघ ५, २०७९ बिहीबार १३:४८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पदका लागि नभइ देशलाई सङ्कट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले पदका लागि नभइ देशलाई सङ्कटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमति केका लागि हो भन्दै सदनमा प्रश्नसमेत गर्नुभयो । उहाँले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेकाे हो भन्दै प्रश्न पनि गर्नुभयो । अनुहार, जाति र समुदायभन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न उहाँकाे आग्रह छ ।

उहाँले भन्नुभयो, ‘सभामुखको चुनावका लागि विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको कुरा आयाे । राष्ट्रिय सहमति केका लागि ? पदका लागि मात्रै हो कि ? देश सङ्कटमा परेकाे बेलामा राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदका लागि मात्रै किन कुरा ? दलभन्दामाथिको कुरा गरिन्छ ।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसदमा एक मिनेट मौनधारण गर्न आग्रह गर्नुभएको थियो । जसमा संसदमा उपस्थित धेरैजसाे दल र सांसदले एक मिनेट उठेर मौन धारण गरेका थिए ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया