छातीमा मुड्कीले हानेर भए पनि कांग्रेसलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्याे : चित्रबहादुर केसी

 माघ ५, २०७९ बिहीबार १४:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्याैपानेलाई बाध्य भएर समर्थन गर्नुपरेकाे बताउनुभएकाे छ । 

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्याैपानेकाे समर्थनमा बोल्दै उहाँले भन्नुभयाे, ‘छातीमा मुड्कीले हानेर भए पनि ईश्वरीलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्याे ।’

अध्यक्ष केसीले अहिलेकाे संसद्काे दृश्य निकै डरलाग्दाे देखिएकाे बताउनुभयाे । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृह मन्त्री रवि लामिछाने र सहरी विकास मन्त्री विक्रम पाण्डेप्रति इङ्गित गर्दै उहाँहरूकाे याेग्यता के हाे भनेर प्रश्न पनि गर्नुभयाे ।

अध्यक्ष केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरूलाई अपमान गर्ने अवस्था आउनु भनेको देशका लागि हितकर नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया