विमान दुर्घटना : संसदबाट शोक प्रस्ताव पारित

 माघ ५, २०७९ बिहीबार १५:२७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद्को प्रतिनिधि सभाले पोखरामा भएकाे यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीवारको बैठकको अन्तिममा सभामुखको भूमिकामा समेत रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राख्नुभएको शोक प्रस्ताव पारित भएको हो । बैठकमा मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण पनि भएको छ ।  

माघ १ गते काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको जहाज पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ । बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया