उपसभामुखकाे चुनाव माघ ७ गते

 माघ ५, २०७९ बिहिबार १५:३४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ । 

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखकाे भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदकाे चुनाव माघ ७ गते हुने घोषणा गर्नुभएको हो । साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावकाे सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । घिमिरेकाे पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया