एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताउनुभएको छ ।
आज बिहीवार संसद् भवनमा सञ्चारकर्मीसँग बाेल्दै सांसद भण्डारीले सरकार बनाउने बेला माओवादीसहितका आफूहरूको गठबन्धन टुटाएकाले अब आफूहरूले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वाभाविकै भएको तर्कसमेत गर्नुभयो ।
सांसद भण्डारीले सभामुखलाई 'मिसन' बनाएर सत्तारूढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई 'मिसन' बनाएर त्याे कामलाई अघि बढाउने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘हामी चुनावमा गठबन्धनमा थियौँ । त्यो गठबन्धन टुट्यो भने अब यो गबन्धन पनि कसरी टुट्छ भनेर सोचिन्छ नि ! पहिला हामी माओवादीसहित चार वटा पार्टी गठबन्धनमा गयौँ । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो । जसको गठबन्धन टुटेको छ, त्यसले अर्को गठबन्धन टुटाउन प्रयास गर्छ । यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो । त्यस कारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । यसमा कुनै शङ्का नै भएन ।’
सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।