एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेले राज्यका निकायहरूलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ यसमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृह मन्त्री लामिछानेले आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताउनुभयो । उहाँले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । राज्यका निकायहरूलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानु होला, नतिजा आउनेछ । गलत काम गरेका मानिसहरू केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’
म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा गृह मन्त्री लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गर्नुभयो । श्रम मन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उहाँको विरोध भएको थियो । लामिछानेले श्रम मन्त्री म्यानपावर्मा संलग्न भएकाे पाए आफैँ पहिलो कारबाही गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mukti Nath Lamichhane
Jan. 19, 2023, 6:29 p.m.रवि जीलाई मेराे अनुराेध, कार्य गर्ने शैली थाेरै परिवर्तन गर्नुहाेस्, अब बाेल्ने ठाउँमा हाेईन कार्य सम्पादन गर्ने ठाउँमा हुनुहुन्छ । जे गर्नुहुन्छ, राम्रै गर्नुहुनेछ भन्ने अाशा बाेकेका छाैँ । अब गरिने कार्यकाे पहिलाे प्राथमिकता भारतसँगकाे सिमा विवाद राखिदिनु हाेला । त्यसलाई सुल्झाइसकेपछि सकिन्छ, पर्खाल नसके काँडेतार सहितकाे तारबारकाे व्यवस्था गर्नुहुन अनुराेध गर्दछु । याे कुरा अन्लाईन संस्करणमा रवि जिसँग पुग्ने गरि प्रसारण तथा सम्प्रेषण गरिदिनका लागि पनि पत्रकार ज्युलाई अाग्रह गर्दछु । धन्यवाद ।