राष्ट्रपतिमा सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ : सुवास नेम्वाङ

 माघ ५, २०७९ बिहीबार २०:१७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरूले आफैँमाथि विश्वास नगर्नु रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद नेम्वाङले राष्ट्रपतिका लागि राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताउनुभयो । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उहाँले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ । बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ । गैरराजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरूले आफैँमाथि गरेको अविश्वास हो । राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ । मलाई दलभन्दाबाहिरको मान्छे हजम भएको छैन । अब राष्ट्रपति हुनका लागि कुनै कुलमा जन्मिनु पर्दैन ।’ 

सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया