एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनु भएको छ।
नेकपा (एमाले) परराष्ट्र मामिला विभागले काठमाण्डाैमा सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष ओलीले देशको अहित हुने, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि देशमा हुन दिन नहुने बताउनुभयो । उहाँले दुई छिमेकी देश भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्याउनु भयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउन चाहेको समेत बताउनुभयो । अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले त्यही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताउनु भयो।
अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमेकीसँगकाे सम्बन्धलाई तनावग्रस्त बनाएको आरोप पनि लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।