शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बैठक बसिरहेको हो ।
बैठकमा अबको प्रतिनिधि सभा बैठक सञ्चालनलगायतका विषयमा छलफल केन्द्रित छ । सभामुखमा घिमिरे निर्वाचित भएपछिको यो पहिलो सर्वदलीय बैठक हो । उहाँ अस्ति प्रतिनिधि सभामा १ सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको थियो ।
यसैबीच प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदैछ । उपसभामुख चयनका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र विपक्षीबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।