ललितपुर बार एसाेसिएशनको अध्यक्षमा राम श्रेष्ठ विजयी

 माघ ८, २०७९ आइतबार ७:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर बार एसाेसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी हुनुभएको छ ।

विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेसागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले १ सय ७० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिनुभयो ।

उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी हुनुभयो । महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित हुनुभयो भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी हुनुभएको छ ।

 १५ सदस्यीय  कार्यसमितिकोे अवधि दुई वर्षको हुनेछ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया