पोखरा हवाई दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

 माघ ८, २०७९ आइतबार १४:७:२९ | रासस
unn.prixa.net

काठमाण्डौ – पोखरा हवाई दुर्घटनामा ज्यान गुमाएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ ।

काठमाण्डौ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । ‘ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘आज बेलुकीसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ ।’

उहाँका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डीएनए परीक्षण गरिने विभागका प्रमुख डा. चौधरीले बताउनुभयो । डीएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२  दिन लाग्ने उहाँले जानकारी दिनुभयो । 

फरेन्सिक जाँचका लागि  ४८ जनाकाे शव काठमाण्डौ ल्याइएको थियो । यस्तै पोखरामा २२ जनाको शवको फरेन्सिक जाँच गरिएको छ । यही माघ १ गते काठमाण्डौबाट पोखरातर्फ गइरहेको यती एअरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया