यूएई : कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्ष कैद र एक लाख दिर्हामसम्म जरिबाना

 माघ ८, २०७९ आइतबार १८:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा आफ्ना कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ । 

यूएई पब्लिक प्रोसिक्युसनले ड्युटीमा रहेका श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई कारबाही हुनेबारे आफ्नो ट्विटर ह्याण्डलमा जनचेतनामूलक भिडियो शेयर गरेको छ । 

२०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ अनुसार श्रमिकलाई उसको काम गर्न/नगर्न अनावश्यक रुपमा बाध्य पार्ने नियतले बल, हिंसा वा धम्कीको प्रयोग गरेमा छ महिनाभन्दा कम अवधिको लागि थुनामा राख्ने सजाय हुने व्यवस्था गरेको छ ।

यदि पूर्वनियोजित ढंगले श्रमिकमाथि दुर्व्यवहार गरेको वा एकभन्दा बढी व्यक्ति संलग्न रहेको वा अपराधीले हतियार बोकेको भए एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया