राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर मीनबहादुर श्रेष्ठ नियुक्त

 माघ ९, २०७९ सोमबार १३:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डाक्टर श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । यसअघि पनि डा श्रेष्ठले २०७३ सालमा उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ । 

डाक्टर श्रेष्ठसँग साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक र राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको जिम्मेवारीसहित झण्डै ३० वर्ष काम गरेको अनुभव छ ।

उहाँले नेपालबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया