दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

 माघ ९, २०७९ सोमबार १७:२५:४ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ – दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा दाङको  घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगरको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

रोल्पाबाट दाङको  घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा  ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक  उपचारपछि थप उपचारका लागि भैरहवा लगेपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ  ।

एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका–२ निवासी २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया