यती एअरको विमान दुर्घटना : ६० जनाको शव आफन्तलाई बुझाइयो

 माघ ९, २०७९ सोमबार १८:१६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये ६० जनाको शव सम्बन्धित आफन्तलाई बुझाएको यति एअरलाइन्सले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेका ७० शवमध्ये काठमाण्डौ र पोखरामा गरी ६० जनाको शव बुझाएको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

यस्तै थप ४ जनाको शव पहिचान र सनाखत गरी बुझाउने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख छ ।

६ जनाको शव भने धेरै डढेका कारण फरेन्सिक विधिबाट परीक्षण गर्न असम्भव भएपछि डीएनए परीक्षणको प्रक्रिया सुरु भएको र यसको लागि केही समय लाग्ने एअरलाइन्सले जनाएको छ ।

हराइरहेका दुई जनाको खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रशासन कास्कीले जनाएको छ ।

यसअघि ७१ जनाको शव भेटिएको भनिए पनि एउटा सानो टुक्रा मानव अंगलाई शव मान्न नसकिने फरेन्सिक विज्ञको सुझाव अनुसार बाँकी दुई जनाको शव खोज्न थालेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया